१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै सकियो एमाले कार्यदलको बैठक, भोलि १ बजे फे‍रि बस्ने



काठमाडौं । एमालेको एकताका लागि पुनः ब्ष्युँतिएको कार्यदलको आजको बैठक भोलि दिउँसो बस्ने गरी सकिएको छ ।

सिंहदरबारमा बसेको एकता कार्यदलको बैठक अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै भोलि १ बजे फे‍रि बस्ने गरी सकिएको कार्यदलका एक सदस्यल् बताए । ‘आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो र भोलि १ बजे बस्ने निर्णय भयो ।’ ती सदस्यले भने ।

आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा नेता भीम रावलले कार्यदल ब्युँताएर एकताको प्रक्रिया टुंग्‍याउनुबाहेकको अरु विकल्प नभएको बताए पछि निष्क्रिय रहेको कार्यदल ब्युँताउन ओली सहमत भएका थिए । ओली कार्यदल ब्युँताउन सहमत भएसँगै गत ५ जेठदेखि निष्क्रिय रहेको कार्यदलको बैठक बसेको हो ।

ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गराएर कार्यदलकै नेपाल पक्षका संयोजक रावललाई पार्टीबाट निस्काशन गरे पछि कार्यदल निष्क्रिय जस्तै बनेको थियो ।

पार्टी एकतासम्बन्धी विवाद समाधानका भन्दै ओली र नेपाल पक्षका ५-५ जना रहने गरि गत जेठ २ गते कार्यदल गठन भएको थियो ।

कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : २४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले