१० पुस २०८२, बिहिबार | December 25, 2025

रुपन्देहीका व्यापारीहरुमा धमाधम् कोरोना संक्रमण पुष्टि, अस्पतालका बेडहरु भरिन थाले, संक्रमणको दर ५० प्रतिशत पुग्न थाल्यो



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको दर बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०७ स्वाव परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत ५ दिन देखिको लगातार बढ्ने क्रमले आज पनि उचाई पक्रेको छ ।

जिल्लामा संक्रमित थपिने क्रमसँगै खाली हुँदै गएका अस्पतालका बेडहरु पनि फेरि भरिँदै गएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका आकस्मिक कक्षका बेडहरु संक्रमितहरुले भरिएका छन् भने खाली भएको आईसीयू र भेन्टिलेटरहरुमा पनि बिरामी भर्ना हुने क्रम बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठकका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा मात्र ११६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमिण पुष्टि भएको छ । करिव ८ प्रतिशतमा झरेको संक्रमणको दर पुनः बढेर ५० प्रतिशतको हाराहारीमा पुगेको डा. पाठकले बताए ।

अस्पतालमा संक्रमण घटेसँगै नन्कोभिड बिरामीलाई भर्ना गर्न थालिएकोमा कोरोनाका लागि छुट्याएका बेड र आईसीयूहरु फेरि कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गर्न थालिएको उनले बताए । बिहीबार दिउसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै २१ जना कोरोना संक्रमित भर्ना भएका छन्। लुम्बिनीमा कोभिडका मात्रै ४७ जना उपचाररत छन्।

प्रादेशिक अस्पतालमा ८० र धागो कारखानामा १७ बेडमा संक्रमितको उपचार भईरहेकोमा संक्रमण घटेपछि २० बेडमा नन्कोभिडका बिरामी राख्न थालिएको थियो । एकैदिन २० बढी संक्रमित थपिएपछि अव फेरि कोरोना संक्रमितका लागि बेडको व्यवस्थापन गर्नु पर्ने देखिएको डा. पाठकले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै बिहीबारसम्म आइसियुमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी छन्।

अस्पताल भर्ना हुन पुगेका र संक्रमिण पुष्टि भएका अधिकाँस बुटवल पेरिफेरिका स्थानीय व्यवसायी रहेको डा. पाठकले बताए । निषधाज्ञा खुकुलो भएसँगै व्यापार व्यवसाय खुलेपछि व्यवसायीमा संक्रमण फैलिएको उनले अनुमान गरे ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ३८१ जना सक्रिय संक्रमित रकेका छन् भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । सोही अवधिमा २१ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ५ : ०७ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न