१९ असार २०८३, शुक्रबार | July 4, 2026

अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट बर्खास्त हुन पुगेका ओलीले पछिल्लो विकसित अवस्थाबारे पार्टीको आधिकारिक धारणा बनाउन स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

सर्वोच्चको फैसला लगत्तै एमालेको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । तर बैठकमा सबै नेताहरु उपस्थित नभएपछि त्यसलाई अनौपचारिक भनिएको थियो ।
बैठकमा पार्टीमा देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने बताइएको छ ।

बैठकमा माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने बताइएको छ । नेपालले सोमबार मात्र विपक्षी गठनबन्धनमा अब नरहेने बताउँदै पार्टी एकताका लागि अगाडि बढ्ने बताएका थिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ३९ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०