१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आज बस्ने



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

हिजो दिउँसो १ बजे बैठक बोलाइए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम बनाएपछि बैठक स्थगित भएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा पुगेको एमालेले अबको रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा सर्वोच्च अदालतको फैसला र पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिमाथि छलफल हुने बताइएको छ । यद्यपी, सर्वोच्चको फैसलापछि अध्य ओली माधव नेपाल पक्षसँग थप रुष्ट भएका छन् । ओलीले प्रधानमन्त्री पद छोड्दाछोड्दै गरेको सम्बोधनमा सबैभन्दा चर्को आलोचना अदालतको निर्णयसँगसँगै नेपाल पक्षको गरेका थिए ।

सर्वोच्चको फैसला आउनु अगावै २३ सांसदको हस्ताक्षर मुद्दाबाट फिर्ता गराउन सके फैसला स्वतः प्रभावित हुने ओली र उनीपक्षको आंकलन थियो । तर, नेपाल पक्षले १० बुँदे सहमति गरेपछि हस्ताक्षर फिर्ता गर्न अस्वीकार गरेपछि ओलीको आक्रोश बढेको हो । कार्यदलले भने १० बुँदे सहमति ओली र नेपाल दुवैजनालाई बुझाइसकेको छ ।

स्थायी कमिटीको बैठकस्थल र समय भने तोकि सकिएको छैन । बिहान ११ बजे ओलीले प्रधानमन्त्री निवास बालुवाटार छोडेर निजी निवास भक्तपुर जाने कार्यक्रम रहेको छ । ओली बालकोट पुगेपछि अपरान्हतिर बैठक बस्न सक्ने एक नेताले बताएका छन् । बैठकमा नेपाल पक्ष सहभागी हुने या नहुनेबारे कुनै टुंगो लागेको छैन ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ३९ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७