२० माघ २०८२, मंगलबार | February 4, 2026

२ लाख ८ हजार ९५ रुपैयाँ नगदसहित दमकबाट ११ जना जुवाडे पक्राउ



झापा । झापाको दमकबाट जुवाखेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घरधनी ४० वर्षीय राईसहित गौरादह नगरपालिकाका ४२ वर्षीय दिनेश अधिकारी, ३८ वर्षीय ईन्दुकुमार राजवंशी, ३२ वर्षीय निर्मल थापा, ३४ वर्षीय अंकित कार्की, दमक नगरपालिकाका ४२ वर्षीय रामबहादुर धिमाल, ४० वर्षीय राजन दाहाल, ४४ वर्षीय गंगा पाठक, ३३ वर्षीय विजय सिंह, इटहरी उपमहानगरपालिकाका २६ वर्षीय मिलन राई र ३५ वर्षीय विक्रम गुरुङ रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ०० बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको