९ भदौ २०८३, मंगलबार | August 26, 2026

विघटित एमाले कार्यदलको बैठक रोक्ने प्रस्ताव एमाले अध्यक्ष ओलीबाट अस्विकार



काठमाडौं । विघटित एमाले कार्यदलको आईतबार डाकिएको एमाले बैठक स्थगित गर्ने आग्रहलाई एमाले अध्यक्ष केपी ओलीले अस्विकार गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले यसअघिनै विघटन गरेको कार्यदलका सदस्यहरु आईतबार बिहानको स्थायी कमिटीको बैठक स्थगित गर्न अनुरोध गर्न ओली निवास बालकोट पुगेका थिए ।

कार्यदलका ८ जना नेताहरु ओली निवास पुगेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले छलफलका लागि भनेर बैठक रोक्न नसकिने भन्दै सहमति निकालेर आउन भनेको ओली भेट्न पुगेका एम नेताले बताए । ओलीले विघटित कार्यदलका सदस्यहरुलाई वरिष्ठ नेता माधव नेपाललाई मनाएर आउन भनेको ती नेताले बताए ।

स्थायी कमिटीले विघटन गरेपनि शनिबार बिहानै देखि कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक भएको थियो । उनीहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका नेताहरू साँझ ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरेको थियो । ओलीलाई भेट्न विघटित कार्यदलका विष्णु रिमाल र रघुजी पन्त भने गएका थिएनन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ०९ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त