१७ बैशाख २०८१, सोमबार | April 29, 2024

२८३८ संक्रमित थपिँदा १४७५ जना कोरोना मुक्त, ३० जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,८३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ भने आज सम्ममा ९ हजार ६३७ जनाको मृत्यु भएको छ । ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाकै अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेको, जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् रहेको समेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ३४ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा