२४ बैशाख २०८१, सोमबार | May 7, 2024

माधव नेपालहरूलाई आम माफी दिने ओलीको घोषणा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालहरूलाई आम माफी दिने घोषणा गरेका छन् ।

बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमा बाटो बिराएकाहरुलाई आममाफी दिने घोषणा गरेका हुन् ।

ओलीले भने, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

ओलीले पहिला जे भए पनि अब मिलेर काम गर्न प्रस्ताव गरे । उनले भने, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

अध्यक्ष ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने दाबी गरे। एमाले औंला ताक्ने वित्तिकै कुहिने काँक्राको कलिलो चिचिलो नभएको उनले जिकिर गरे । उनले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : १६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,