२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गर्दै सकियो एमाले केन्द्रीय कमिटीको बैठक



काठमाडौं । पार्टी पुटको संघारमा पुगेको नेकपा एमाले अन्तत फेरि दुरी घटाउँदै मेलमिलापको दिशामा अगाडि बढेका छन् । पार्टी अनुशासन उल्लंघन गरेकाहरुलाई पार्टीमा स्थान नदिने उदघोष गरेको एमाले अध्यक्ष केपी ओलीकै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।

आईतबारबाट शुरु भएर आज (बिहीबार) सकिएको बैठकले पार्टीमा सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको बैठक पछि प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने प्रतिबद्धता जनाएको प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि अध्यक्ष ओलीले पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ओलीले नेपाल पक्षलाई आम माफीको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : १८ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै