२१ माघ २०८२, बुधबार | February 5, 2026

निर्माण भएको ६ बर्ष मै धसियो बर्दिया-कैलाली जाेड्ने सत्तिघाट पुल



बर्दिया । हुलाकी सडक अन्तर्गत बनेको बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदीमा निर्माण भएको सत्तिघाट पुल निर्माण भएको ६ बर्ष मै धसिएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढेसंगै पुलको २ वटा स्पान धसिएर पुल बाँगो भएको छ । ५ सय ३१ मिटर लम्बाई रहेको यस पुलमा १३ वटा स्पान रहेका छन् । हाल पुलको स्पानको बीचमा रहेको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भासिएको हुलाकी राजमार्ग आयोजना कार्यालय बाँकेका प्रमुख गागल भण्डारीले बताए । उनले हाल पुल के कारणले भासिएको हो भन्न यकिन नभई सकेको बताउँदै केही दिनमा मेसिन ल्याएर चेक गर्ने तयारी भईरहेको बताए । नदिको बहाव बढि भएको कारणले पुलको तल गएर हेर्न सक्ने अवस्था नरहेको बताउँदै उनले पुल भासिनुको कारणको बारेमा अध्ययन भईरहेको बताए ।

पुल भासिए पछि प्राविधिक टोलीले यतिबेला सर्वे गरिरहेको छ । पुल २०७२ सालमा करिब ४५ करोडको लागतमा निर्माण कम्पनी रसुवा जेभिले निर्माण गरेको थियो । पुलको लम्बाई भन्दा नदिको चौडाई बढि भएपछि निर्माणको क्रममै पुलको लम्बाई कम भएको थियो । पुलको लम्बाई कम भएपछि स्थानीयवासीले पटक पटक पुर्व तर्फ एउटा स्पान थप गर्न माग गरीरहेका थिए । करिब दुई साता अघि मात्रै नदीले पुर्व तर्फको स्पानमा क्षति गरेपछि पुलमा आवतजावत ठप्प भएको थियो । जिल्ला प्रशासनको पहलमा हुलाकी सडक कार्यालय र राजापुर नगरपालिकाले पुलको मर्मत गरेपछि हाल सवारी आवतजावत सुचारु भएको थियो ।

मर्मत गरेर पुल सुचारु गरे पनि पुनः पुल भासिए पछि स्थानीय चिन्तित बनेका छन् । राजापुर नगरपालिका वडा नं ४ निवासी रमेश दहितले पुल भासिए पछि आवतजावत गर्न नपाउने डर भएको बताए । उनले निर्माण कम्पनी र सम्बन्धीत कार्यालयको वेवास्ताका कारण पुलको यो अवस्था भएको बताए ।

पूर्व पश्चिम राजमार्गमा रहेको चिसापानी पुल बाहेक बर्दिया कैलाली जिल्ला जोड्ने सतिघाट पुलमात्र रहेको छ । पुल निर्माण सम्पन्न भएको ६ बर्षमै पुल भासिए पछि राजापुरबासी चिन्तित भएका छन् ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता