१ पुस २०८२, मंगलबार | December 16, 2025

साउन ३२ सम्म लम्बियो रुपन्देहीमा ‘कागजी’ निषेधाज्ञा, प्रशासनको निषेधाज्ञा कागजमा मात्र सिमित



बुटवल । रुपन्देहीमा दैनिक जनजीवनका सबै क्रियाकलापहरु सुचारु भएपनि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको म्याद थप्न छाडेको छैन । बैशाख १६ गतेबाट शुरु भएको जिल्लाको निषेधाज्ञालाई साउन ३२ सम्म लम्ब्याईएको छ । सडकमा नारा जुलुस देखि पार्टी प्यालेसहरुमा भोजपार्टी सम्म र खुल्ला स्थानमा सयौंको भिड लगाएर मर्निङ र इभिनिङ वाक देखि डिपार्टमेण्टल स्टोरहरुमा ठेलमठेल भिडभाड जारी रहेपनि प्रशासनले फेरि एक पटक निषेधाज्ञा थप गरेको छ ।

कोरोना संक्रमणको दर घट्न नसकेको कारण देखाउँदै कागजमा निषधाज्ञाको समय थप गरेपनि आफैले थपेको निषधोज्ञा कार्यान्वयनमा भने प्रधासनले कुनै चासो देखाएको छैन । रुपन्देहीमा फिल्महलमा फिल्म प्रदर्शन र खेलमैदानमा औपचारीक प्रतियोगिता बाहेक सबै कार्यहरु सहजताका साथ संचालन भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसअघि कै निषेधाज्ञाको मापदण्डलाई निरन्तरता दिँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रशासनले थप गरेको मापदण्डमा सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परिक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दाबढी बिद्यार्थी नराख्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाउने छन् भने निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा निषेध हुने छैनन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ५५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज