२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै



काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमणदर बढ्दै गएपछि आगामी रणनीति तयार पार्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ ।

आज अपराह्न ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ ।

बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विहीबार मात्रै ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ३७ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ