२० असार २०८३, शनिबार | July 4, 2026

पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा



काठमाडौं । चार जना पूर्वमाओवादी नेताले आफुहरुको सांसद पद बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

नेकपा माओवादी पार्टी परित्याग गरेर एमालेको केन्द्रीय नेता बनेका पूर्वमाओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले यही बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट बिहीबार न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेपनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।

आफुहरु कानूनी रुपमा अझै पनि माओवादी केन्द्रको सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । आफुहरुले दल त्याग नगरेको र निर्वाचन आयोगको विवरणमा आफुहरु माओवादी केन्द्रकै केन्द्रीय सदस्य रहेको भन्दै चारै नेताहरुले प्रचण्डको सिफारिसमा सभामुखले गरेको सांसद पद खारेजको निर्णय बदरभागी हुनुपर्ने उनीहरुले जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर पूर्ववत पार्टीहरु एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चारै नेताहरु एमालेमा प्रवेश गरेका थिए ।

तत्कालिन केपी ओली सरकारको मन्त्री रहेका उनीहरुलाई माओवादी केन्द्रले पटकपटक स्पष्टीकरण सोधेपछि दल त्याग गरेको अभियोगमा चैत्र २४ गते पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो ।

माअ‍ोवादीले उनीहरुको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्राचार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा चारै सांसदहरुको सांसदपद नरहेको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : २६ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै