२० असार २०८३, शनिबार | July 4, 2026

सांसदमा पुनर्वहाली माग गर्दै पूर्वमाओवादी नेताहरुद्वारा दायर रिटको सुनुवाइ आज पनि स्थगित



काठमाडौं । चार पूर्वमाओवादी नेताहरुले आफुहरुको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

शुक्रबार न्यायाधीस आनन्दमोहन भटट्राईको इजलासमा पेशी तोकिएकोमा रिट निवेदकले सुनुवाइ रोक्न निवेदन दिएका कारण आजको सुनुवाइ स्थगित भएको हो । रिट निवेदकका प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहले अदालत पुगेर सुनुवाइ स्थगित गर्न शुक्रबार निवेदन दिएका थिए ।

चार नेताहरुको रिट निवेदनको पेसी हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो । तर पछि हेर्न नभ्याइनेमा सूचीमा राखिएको थियो ।

सर्वोच्च अदालत नियमावली २०७४ अनुसार रिट निवेदकलाई आफ्नो मुद्दाको सुनुवाइ रोक्न अनुमति दिएको छ । आफ्नो काबुभन्दा बाहिरको परिस्थितिका कारण मुद्दाको पक्ष वा कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसक्ने कुराको विश्वासयोग्य कारण अदालतलाई देखाइ मुद्दाको पेसीको अघिल्लो दिन निवेदन दिएमा प्रधानन्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूचीबाट हटाउन सक्छन् । तर, प्रभु साहका वारेसले भने शुक्रबार नै सुनवाइ रोक्न निवदेन दिएका थिए । पेसी तोकिइसकेपछि स्थगित भएको यो मुद्दामाथिको सुनुवाइ अब आइतबार तोकिनेछ ।

माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले माओवादीमै हुँदाको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए । उनीहरुले आफुहरु कानूनी रुपमा माओवादीकै सदस्य भएको जिकिर गरेका छन् । माओवादीले २०७७ चैत्र २४ गते उनीहरुलाई कारवाही गर्दै सांसद पद रिक्त बनाउन संसद सचिवालयमा पत्राचार गरेको थियो । त्यसको दुई दिनपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा चारै सांसदको पद रिक्त भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ०९ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै