२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले पालिकास्तरको पार्टी अधिवेशन आगामी असोज ९ गतेभित्र



काठमाडौं । नेकपा (एमाले)ले को पालिकास्तरको पार्टी कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आइतबार बसेको स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ ।

यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिष्ठानमा नै बसेको बैठक पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि स्थगित गरेका थिए ।

बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो ।

यसैगरी शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो ।

सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेताहरू सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो ।

कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो । निर्धारित समयभन्दा केही ढिला गेर शुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : २२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले