२२ माघ २०८२, बिहिबार | February 5, 2026

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । कुशल व्यवस्थापनका कारण चरम लोडसेडिङको अवस्थाबाट देशलाई मुक्त राखेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउन लागिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।
मंगलबार बालुवाटारमा उर्जामन्त्री पम्फा भुसालसँग छलफल गरेका प्रधानमन्त्री देउवाले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्तिको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्त्री भुसालले शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरेकी छिन् । भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा मागेको स्रोतले बताएको छ । शाक्यले सहज ढंगले बाटो क्लियर नगरे उनीमाथि स्पष्टीकरण सोध्ने तयारी भएको छ । शाक्यले सरकारसँग कार्यसम्पादन सम्झौता गरेका छन् । तर त्यसअनुसार काम नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेर उनलाई हटाउने योजना रहेको छ ।

२०७३ भदौमा कार्यकारी निर्देशक बनेका घिसिङले सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ हटाउने प्रक्रिया सुरु गरेका थिए । उनको कार्यकलको अन्तसम्म देशभर लोडेसडिङ अन्त भएको थियो । तर, घिसिङ हट्ने वित्तिकै विभिन्न नाममा प्राधिकरणले लोडसेडिङ गरिरहेको छ । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका थिए ।

तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको कार्यकाल थप्न इच्छुक नभएपछि उनी प्राधिकरणबाट बाहिरिएका थिए । घिसिङको पुनर्नियुक्तिका लागि नागरिक स्तरबाट दवाव आएपनि ओलीले पुनर्नियुक्ति दिन अस्वीकार गरेका थिए । ओलीले घिसिङ आफैले रकम खर्च गरेर सामाजिक सञ्जालमा क्याम्पेनिङ शुरु गरेको टिप्पणी समेत गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ४७ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका