२० असार २०८३, शनिबार | July 4, 2026

सम्पर्कबिहीन भएकी लुम्बिनी प्रदेश सांसद विमला वलीका बारेमा माओवादीले पत्रकार सम्मेलन गर्दै



बुटवल । ६ दिन देखि सम्पर्क बिहिन भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला वलीको राजनीतिक संलग्नताका विषयमा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने भएको छ । गत शुक्रबारबाट पार्टी सम्पर्क बाहिर रहेकी वलीलाई एमाले नेता एवं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर राखेको आरोप लगाईरहेको माओवादीले आज पत्रकार सम्मेलन गरेर वलीको राजनीतिक संलग्नताबारे स्पष्ट पार्न थालेको हो ।

वली बेपत्ता भएपछि बिभिन्न खाले चर्चा बाहिर आएपनि उनको वास्तविक अवस्था अझै सार्वजानिक भएको छैन । बैशाख १९ गते पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको घोषणा गरेकी विमलालाई एमालेले पनि आफ्नै सांसद रहेको दावी गर्दै संसदमा उनको आसनको प्रबन्ध मिलाउन माग गर्दै आएको थियो ।

गत शुक्रबारबाट माओवादी केन्द्रको सम्पर्कबाट बाहिर रहेकी विमलाको नामबाट गत १९ गते आफु सुर्य चिन्ह र एमालेमै रहेको ब्यहोराको विज्ञप्ति सार्वजनिक भएको थियो । त्यस यता माओवादी नेताहरुले विमलालाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै सरकारी निवासमा बन्धक बनाएर राखेको र जबर्जजस्ती विज्ञप्तिमा सहि गर्न लगाएको आरोप लगाउँदै आएका थिए । बुधबार मात्र उनी बन्धक मुक्त हुन सफल भएको र माओवादी केन्द्रमै रहेको समाचार माओवादी केन्द्रकै स्रोतहरुको तर्फबाट सार्वजनिक भएको थियो ।

माओवादी नेताहरुले बन्धक मुक्त भएको बताएपनि विमला कहिँकतै सार्वजनिक भएकी छैनन् । बुधबार देखि नै उनी चप्पल सहित बन्धनबाट मुक्त भएर भागेकी, माओवादी केन्द्रका संसदीयदलका नेतालाई एसएमएस मार्फत माओवादीमा रहेको बताएकी, माओवादी संसदीयदलको कार्यालयमा पुगेकी जस्ता चर्चा बजारमा सुनिएका थिए । यो समाचार तयार पार्दा सम्म न त विमलाले सिधै संचारकर्मीलाई सम्पर्क गरेकी छन् न त मुख्यमन्त्री कार्यालयबाट बन्धक बनाईएको आरोपको खण्डन भएको छ ।

माओवादीले आज १ बजे गर्ने भनिएको पत्रकार सम्मेलनमा विमलाको उपस्थिती रहने दाबी गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : २८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि