२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान : साउन २७ गते मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा छलफल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमाथि साउन २७ गते छलफल हुने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार बिहीबार सूचना प्रकाशित गरी प्रदेश प्रमुख शेरचनले २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।

यही साउन १८ गते विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले सोही दिन प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

८० सदस्यीय प्रदेशसभामा विपक्षी दलहरुसँग ४१ जना सांसद रहेका छन् । सत्तापक्षसँग ३८ जना मात्र सांसद रहेका छन् । तीन दिनअघि सांसद विमला वली खत्री एमालेमा फर्किएको विज्ञप्ती सार्वजनिक गरिए पनि आज वली स्वयंले पत्रकार सम्मेलन गरेर आफु माओवादी केन्द्रमै रहेको प्रष्ट पारेकी छिन् । वलीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको आरोप लगाएकी छिन् । यद्यपी, वलीको यो आरोपलाई एमालेले अस्वीकार गरेको छ ।

 

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि