२० असार २०८३, शनिबार | July 4, 2026

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा पेश हुने



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पाटीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक आजै दिउँसो ३ बजे बस्दै छ ।

एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी बैठकले संशोधन प्रस्ताव पारित गरेको उपाध्यक्ष वामदेव गौतमले बताए ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पारित भएको छ । यी प्रस्तावमाथि पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु भने विगतमा जस्तै अनुपस्थित नै भए ।

पार्टीभित्र चरम विवादको अवस्थामा रहेको एमालेमा नेपाल पक्षले पार्टी एकताका लागि सबै भेला बैठक रोकेर सम्मानजनक सहमति कायम गरिनुपर्ने माग राख्दै आएको छ । सो पक्षले आफ्ना समानान्तर गतिविधि भने जारी नै राखेको छ । तर, संस्थापन पक्षले भने पार्टीको संगठनात्मक गतिविधि नरोकिने भन्दै निरन्तर बैठक भेला र महाधिवेशनकै घोषणा गरिसकेको छ । पार्टी एकताको नामममा अल्मलिन नसकिने पार्टीमा फर्किनेहरुलाई जहिले पनि स्वागत गरिने संस्थापन पक्षले बताउँदै आएको छ ।

 

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : ३६ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली