१ पुस २०८२, मंगलबार | December 17, 2025

एमसीसीमा फेरियो ओलीको बोली, संशोधन नगरि पास गर्न नहुने भनाई



काठमाडौं । सत्तामा रहँदा सम्म एमसीसी पारित गर्न नदिएर नेपालको विकासलाई पछाडि ढकेलिएको आरोप लगाउने गरेका एमाले अध्यक्ष केपी ओलीले सत्ताबाट बहिर्गमन भएलगत्तै एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएका छन् । प्रधानमन्त्रीमा बहाल हुँदा हरेक भाषणमा एमसीसी पास गर्न नदिएर आफुलाई असफल बनाउन खोजिएको भन्दै विपक्षीका विरुद्ध कडारुपमा प्रस्तुत हुने गरेका अध्यक्ष ओलीले सत्ता छोडेसँगै पार्टीको कार्यदलले दिएको सुझाव अनुसार संशोधन गरेर मात्र पास गर्न सकिने बताएका छन् ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताए । उनले सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको टिप्पणी गरेका थिए ।

हाल सत्तामा रहेका नेताहरुकै कार्यकालमा एमसीसी सम्बन्धी सम्झौता भएको उल्लेख गर्दै ओलीले एमसीसीको सत्तारुढ दल बारेमा किन बोल्न नसकेको ? भने प्रश्न गरेका थिए । संसदमा देउवाले प्राप्त गरेको १६५ मतलाई ब्यङ्ग्य गर्दै ओली ले भने, – ‘१ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’

ओलीले एमालेले सशक्त प्रतिपक्षको भुमिका खेल्ने उल्लेख गर्दै सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको आरोप लगाए । उनले सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिँगौरी खेल्न आए सिङ्ग भाँचिने चेतावनी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ३५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष