१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालमा मःमको पहिलो ब्राण्डिङकर्ता श्याम कक्षपतिको निधन



काठमाडौं। नेपालमा रेष्टुरेन्ट संस्कृतिको जग बसाउने तथा मःमको पहिलो ब्राण्डिङ गर्ने पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ। बैंककको ब्रुमुनगार्ड अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो।

कक्षपति परिवारका अनुसार लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपति उपचारका लागि करिब २ महिनाअघि बैंकक गएका थिए। उपचारकै क्रममा उनको आज दिउँसो निधन भएको हो । किमो चढाएपछि केहिदिन देखि स्वास्थ्यमा सुधार आएको बताईएपनि आज बिहानबाट उनी सिकिस्त भएका थिए ।

नेपालमा क्याफे संस्कार भित्र्याउने पहिलो व्यक्तिको पहिचान बनाएका कक्षपति नाग्लो ग्रुपका संस्थापक हुन् । बेकरी क्याफे चेन रेस्टुराँ खोलेर म:मलाई ब्रान्डिङ गर्ने कक्षपति नेपालको पहिलो व्यक्ति मानिन्छन् । उनी शुभतारा स्कुलका संस्थापक समेत रहेका थिए तर पछिल्लो समय सो स्कुल संचालकहरुले बन्द गर्ने निर्णय गरिसकेका छन् । ​​

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ५८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले