१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लुम्बिनी प्रदेशसभा : विशेष अधिवेशन रोक्न दायर रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

हिजो न्यायाधीस प्रकाशमानसिंह राउतको इजलासमा परेपनि यो रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । यो रिट भट्टराईको इजलासमा आठौं नम्वरमा परेको छ । न्यायाधीस भट्टराईको इजलासमा परेको नम्वर हेर्दा दिउँसो१ बजेसम्म रिटमा फैसला हुने सम्भावना भने कम देखिन्छ ।

एमाले सांसद लिला गिरीले सोमबार दायर गरेको रिटमा आज दिउँसो १ बजेसम्म कुनै सुनवाइ नभए बुटवलमा प्रदेशसभाको विशेष अधिवेशन स्वतः अघि बढ्ने देखिएको छ । दिउँसो १ बजेको लागि प्रदेशसभा अधिवेशन बोलाइएको छ ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, सत्तारुढ नेकपा एमालेले भने संविधानको धारा १६८ को उपाधार १ अनुसार बनेको एकल बहुमतको सरकार विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्नै नपाइने जिकिर गर्दैआएको छ । एमालेले प्रदेशप्रमुखले असंवैधानिक रुपमा अधिवेशन बोलाएको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ०३ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण