६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशसभा : विशेष अधिवेशन रोक्न दायर रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

हिजो न्यायाधीस प्रकाशमानसिंह राउतको इजलासमा परेपनि यो रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । यो रिट भट्टराईको इजलासमा आठौं नम्वरमा परेको छ । न्यायाधीस भट्टराईको इजलासमा परेको नम्वर हेर्दा दिउँसो१ बजेसम्म रिटमा फैसला हुने सम्भावना भने कम देखिन्छ ।

एमाले सांसद लिला गिरीले सोमबार दायर गरेको रिटमा आज दिउँसो १ बजेसम्म कुनै सुनवाइ नभए बुटवलमा प्रदेशसभाको विशेष अधिवेशन स्वतः अघि बढ्ने देखिएको छ । दिउँसो १ बजेको लागि प्रदेशसभा अधिवेशन बोलाइएको छ ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, सत्तारुढ नेकपा एमालेले भने संविधानको धारा १६८ को उपाधार १ अनुसार बनेको एकल बहुमतको सरकार विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्नै नपाइने जिकिर गर्दैआएको छ । एमालेले प्रदेशप्रमुखले असंवैधानिक रुपमा अधिवेशन बोलाएको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ०३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क