२ पुस २०८२, बुधबार | December 18, 2025

पोस्ट कोभिडमा स्नायु समस्या



काठमाडौं । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई ।

“किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार कार्कीलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सकले जानकारी दिए ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिए ।कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पारे ।

कोभिड सङ्क्रमण भएर निको भएका धेरै बिरामीले नसासम्बन्धी समस्या लिएर आफूकहाँ उपचारका लागि आएको अनुभव व्यक्त गर्दै भने, “अरू बेला पनि यस प्रकारको समस्या हुन्छ तर कोरोना कालमा बढी असर गर्ने गर्छ ।” आफूकहाँ उपचार गराउन आएका बिरामी सम्झँदै उनले थपे, “५०/५५ वर्षको एक जना हात खुट्टा चल्न छाड्यो भन्दै आउनुभएको थियो । उहाँलाई कोरोना सङ्क्रमण पनि भएको थिएन तर दुई महिना अगाडि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको रहेछ । त्यसैले एक पटक एन्टी बडी टेस्ट गरियो । जसमा रिपोर्ट पोजेटिभ आयो । उपचार गर्न आउँदा कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा थियो तर १० दिनको उपचारपछि बिस्तारै हिँड्ने अवस्थामा पुग्नुभयो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल