७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पोस्ट कोभिडमा स्नायु समस्या



काठमाडौं । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई ।

“किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार कार्कीलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सकले जानकारी दिए ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिए ।कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पारे ।

कोभिड सङ्क्रमण भएर निको भएका धेरै बिरामीले नसासम्बन्धी समस्या लिएर आफूकहाँ उपचारका लागि आएको अनुभव व्यक्त गर्दै भने, “अरू बेला पनि यस प्रकारको समस्या हुन्छ तर कोरोना कालमा बढी असर गर्ने गर्छ ।” आफूकहाँ उपचार गराउन आएका बिरामी सम्झँदै उनले थपे, “५०/५५ वर्षको एक जना हात खुट्टा चल्न छाड्यो भन्दै आउनुभएको थियो । उहाँलाई कोरोना सङ्क्रमण पनि भएको थिएन तर दुई महिना अगाडि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको रहेछ । त्यसैले एक पटक एन्टी बडी टेस्ट गरियो । जसमा रिपोर्ट पोजेटिभ आयो । उपचार गर्न आउँदा कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा थियो तर १० दिनको उपचारपछि बिस्तारै हिँड्ने अवस्थामा पुग्नुभयो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी