२३ माघ २०८२, शुक्रबार | February 6, 2026

दुर्गमकालाई खोपमा बेवास्ता



काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् ।

सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।

सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा बाग्मती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बाग्मती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउने संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।

सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर, सरकारले निगरानी बढाउन सकेको छैन । यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामी असोजभित्र खोप लगाउन योग्य एक तिहाइ जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ । हालसम्म ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण खोप लगाएका छन् । सरकारले २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । यसरी हेर्दा अझै २ करोड ३३ लाख नागरिकले पूर्ण खोप लगाउनै बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म नेपालमा १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप भित्रिएको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी माघसम्म कुल ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले खोप अभियान तीव्र रूपमा अघि बढाइएको बताए । उनले भने, ‘सबैले आफ्नो पालोअनुसार खोप लगाउनुपर्छ । खोप अभियान निरन्तर सञ्चालन गरिरहेका छौं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४१ बजे

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)

कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : सङ्ग्रौला

पाटन । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक