१ पुस २०८२, मंगलबार | December 16, 2025

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु



अर्घाखाँची । पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ मैदानमा एक जनाको मृत्यु भएको छ ।

पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट आएको पहिरोमा उनी पुरिएका थिए । स्थानीय बासिन्दाका अनुसार पहिरो खस्दा उनी एक्लै काम गरिरहेका थिए ।

स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाएपछि शुक्रबार राति ९ः१५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज