२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाकिस्तानले मनायो ७५औं स्वतन्त्रता दिवस, उपराष्ट्रपति पुन स्वतन्त्रता दिवस समारोहमा



काठमाडौं। पाकिस्तानले शनिबार आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले पनि स्वतन्त्रता दिवस मनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा शनिवार साँझ काठमाडौं आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै पुनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपति पुनले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

स्वतन्त्रता दिवसको अवसरमा शनिवार बिहान पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए  । कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका शुभकामना सन्देश वाचन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : १० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ