२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीबाट ठुलो परिमाणमा लागु औषध सहित १ महिला पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको रोहिणी गाँउपालिका ३ धकधईबाट ७० ग्राम बढी ब्राउन सुगर सहित महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीया सन्ध्या मिश्र रहेकी छिन् । उनीबाट प्रहरीले बेच्नका लागि तयार गरिएको ६८ पुरिया मा प्याकिङ गरिएको ७० ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले मिश्रालाई लागु औषध बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । पक्राउ परेकी मिश्राबाट १ थान मोबाईल सेट समेत बरामद गरिएको उनले बताए ।

पक्राउ परेकी मिश्रा उपर लागु औषधा कारोबार एन अनुसार अनुसन्धान भईरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ३२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय