१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

रुपन्देही उद्योग संघद्धारा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र शसस्त्र प्रहरी प्रमुखसंग परिचयात्मक भेटघाट आयोजना



बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिमा सूरक्षा कार्यालय रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीसंग स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्योगीहरुको समस्या समाधानमा आफु सदैव सकारात्मक रहेको बताए ।

उद्योगीहरुका समस्या उद्योग भित्र मात्र होईन बाहिर पनि छन् नविकरण देखि उद्योग सञ्चानल सम्म र त्यसको बजारीकरणमा समेत भएका समस्या समाधानमा म सधै सकारात्मक छु तामाङले भने । कतिपय उद्योगका समस्या जटिल छन ति समस्या समाधानका लागि चाहेर पनि प्रमुख जिल्ला अधिकारीले केही गर्न सक्दैन उनले भने । प्रमुख जिल्ला अधिकारी तामाङले आफु रुपन्देही आएको ४ महिनाको अवधीमा कोभिडको महामारीका कारण आम नागरीकका समस्या संगै उद्योगीका समस्यालाई पहिचान गर्न सकेपनि परिस्थीतीले उद्योगीहरुका समस्या समाधानका लागि प्रयाप्त ध्यान दिन सक्ने अवस्था नरहेको बताए ।

उद्योगको सहज बातावरण बनाउन ६० बिगाह भन्दा बढी जग्गामा सेज बनाईएको छ सेजमा अहिले पनि ८ वटा भन्दा बढी उद्योग स्थापना हुन सकेका छैनन त्यसले पनि उद्योग ब्यवसायको बतावरण बन्न नसकेको हो की भन्ने देखिन्छ कोभिडको परिस्थीती सहज भएपनि त्यो समस्या हटेर जानेछ तामाङले भने । शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले शसस्त्र प्रहरी बल नागरीकको सुरक्षा संगै सहज औधोगिक बातावरणका लागि निरन्तर क्रियाशिल रहेको बताउदै सिमा क्षेत्रमा हुने अवैध पैठारी र निकासीको नियन्त्रण संगै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको ढुवानी सम्म देखिने समस्या समाधानमा सहजीकरण गर्ने बताए ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष गणेश अधिकारीले नेपालमा औद्योगिक बातावरण नभएको भन्दै ठुलो रोजगारी श्रृर्जना गरेका उद्योगीहरुले उद्योग सञ्चालन गर्नु अभिसाप ठान्नु पर्ने अवस्था आएको बताए । संघका अध्यक्ष बावुराम बोहोराले संघको स्थापनाको उदेश्य माथी प्रकाश पार्दै ४३ बर्ष अघि स्थापना भएको रुपन्देही उद्योग संघले रजधानी काठमाण्डौ बाहीर पहिलोपटक थालनी गरेको राष्टिय औद्योगीक प्रर्दशनीले राष्टिय रुप ग्रहण गरेको बताए ।

बोहोराले संघले उद्योगीहरुको समस्या समाधान, हक हित र क्षमता बिकाससंगै सामाजिक क्षेत्रमा गरेको सहकार्यको उल्लेख गर्दै बुटवलमा स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आम नागरिकको अस्पताल बनेको र अस्पतालले जग्गा प्राप्त गर्न सके नमुना अस्पतालको रुपमा बिकास हुने बताए ।

संघका महासचिव जिवकान्त काफ्लेको सन्चालनमा सम्पन्न कार्यक्रममा संघका प्रथम उपाध्यक्ष माधव पौडेलको स्वागत तथा बरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद मन्तब्य दिएका थिए ।

संघको अधिवेशन असोज २३ मा

रुपन्देही उद्योग संघको ४३ औं साधारण सभा तथा २२ औ अधिवेशन आउदो असोज २३ गते हुने भएको छ । संघको भैरहवामा सम्पन्न २२ औं नियमित बैठकले आउदो असोज २३ गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघको अधिवेशन सम्पन्न गर्नका लागि संघका कानूनी सल्लाहकार यमलाल खनाल संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिती गठन गरेको संघका महासचिव जिवकान्त काफ्लेले बताए । निर्वाचन समितिका अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष वा प्रतिनिधी र नेपाल बार एशोसिएसन पुनरावेदन अदालत ईकाईका प्रतिनिधी रहनेछन ।

यसै गरी संघको सदस्यता नबिकरणको समय भदौ २० गते सम्म कायम रहेको र सम्पुर्ण सदस्यहरुलाई सदस्यता नबिकरणका लागि आव्हन गर्ने निर्णय भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।

संघको बिद्यानमा संघको कार्यसमितीमा निर्वाचित हुनका लागि सदस्यता लिएको अवधि २ बर्ष पुगेको हुनुपर्ने ब्यवस्था छ ।

संघले सम्पुर्ण उद्योगीहरुलाई संघको सदस्यता लिएको भए नविकरण गर्न र सदस्यता नलिएको भए सदस्यता भदौ २० गते अगावै सदस्यता लिन आब्हान गरेको छ ।

संघमा रुपन्देही भित्रका १ हजार हाराहारी उद्योगीहरुले सदस्यता लिएका छन ।

 

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ७ : ५६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा