१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनीका सभामुखलाई सदनबाटै ठेगान लगाइदिने एमालेको चेतावनी



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पदअनुकुल आचरण नगरेको आरोप लगाएको छ ।

आफुले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई  पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसिन रहन नमिल्ने ठहर गरेको हो ।

एमालेले आज बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमालेले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८०  वमोजिम नीजले  पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद बैजनाथ चौधरीले सभामुखले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाईदिने चेतावनी दिए ।

चौधरीले सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए ।

लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  ३ : १३ बजे

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले