२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि एमालेको टिप्पणी – लुम्बिनी सरकारलाई मान्यता दिने प्रश्नै आउँदैन



बुटवल । नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने स्पष्ट पारेको छ ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिएपछि खबरकुरासँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले अवैधानिक सरकारलाई मान्यता दिन नसकिने बताएका हुन् ।

ढकालले संसदमा आज नाटक देखाइएको बताउँदै यस्तो सरकारलाई मान्यता दिने प्रश्नै नआउने बताए । उनले भने, ‘सरकार असंवैधानिक छ । बन्दा पनि अवैधानिक ढंगले बनेको हो । आज प्रदेशसभामा विश्वासको मत लिने नाटक गरिएको छ । यो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा हुँदैन । हामीले वैधानिक सरकारको मान्यता दिन सक्दैनौं ।’

अब पनि संसद अवरुद्ध नै गर्ने एमालेले जनाएको छ । ढकालले भने, ‘आफुहरुको माग बमोजिम दुई जना सांसदलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्ने क्रम जारी रहन्छ ।’

मुख्यमन्त्रीले विश्वासको मत माग्दा एमालेले बैठक बहिस्कार गरेको थियो । आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा एमाले सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ५ : ३६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार