२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एकजना पक्राउ



काठमाडौं । विभिन्न वन्यजन्तुको आखेटोपहारसहित नागढुंगाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई सोमबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई दुई थान हुचिलको खुट्टाजस्तो देखिने वस्तु, दुई थान हुचिलको पन्जाजस्तो देखिने वस्तु, दुईथान हाल यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम यकिन हुन नसकेको जनावरको सुकुटी, तीन थान शंखजस्तो देखिने वस्तु, एक थान सेतो टल्कने ढुंगा र नगद ४० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानका लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ४ : ३६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले