४ पुस २०८२, शुक्रबार | December 20, 2025

६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता



काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ । अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो ।

देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।

सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ । यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले बताए । ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो । सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको