१३ असार २०८३, शनिबार | June 27, 2026

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल



एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

यो सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन ।

यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए । मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए ।

जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ४५ बजे

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता