२२ बैशाख २०८१, शनिबार | May 4, 2024

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा



काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ । पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ । पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन् । तर, स्वामित्व भने अझै पाएका छैनन् ।

गोरखाको आरुघाट गाउँपालिका-३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन् ।

राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाई ‘श्री ५ को अल्झो’ मा राख्नु न्यायपूर्ण नहुने अगुवा किसानहरूको भनाइ छ ।

गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ जना किसानले आवादी गरेका खेतबारी र घरघडेरी श्री ५ को वायुगुठीको नाममा छ । ७३ जना किसानको मात्र आफ्नो नाममा लालपुर्जा रहेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आर्खेत बजार र ढुंगेफाँटका दुई बस्ती अझै पनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा छ । ‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा-जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन् । किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन ।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ । ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने ।

‘जमिन कमाई गरेबापत बहुदल आएको धेरै वर्षपछिसम्म पनि बोका, राँगो, भेडा, घ्यु लगेर ठकुरीको दरबारमा बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘किसानको विभिन्न चरणको आन्दोलनपछि अहिले त्यस्तो सामान त बुझाउनु पर्दैन तर, जग्गाजमिन किसानको नाममा आएको छैन । श्री ५ को वायु गुठीको नाममा छ ।’

लालपुर्जा आफ्नो नाममा नहुँदा किसानले जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन् । अरू ठाउँका किसानले गाउँकै वडा कार्यालयमा कर तिर्छन्। यहाँका किसान भने कर तिर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ ।

‘गरेर खान त पाइएकै छ, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘कहिलेकाहीँ पैसाको खाँचो पर्छ । बैंकमा जग्गा राखेर नगद झिकेर केही काम गरौंला भन्न पाइएन ।’ गुठीको नामको जग्गा राखेर बैंकले ऋण नदिने लामिछाने बताउँछन् । ‘अरू गाउँलेहरू गाउँकै वडा कार्यालयमा कर तिर्छन्, हामी दुई दिनको कामको माया मारेर कर तिर्न मालपोत कार्यालय धाउनुपर्छ,’ उनले दुःखेसो पोखे। राजाको शासन (राजतन्त्र) सकिएर जनताको शासन (गणतन्त्र) आए पनि किसानले व्यवहारमा महसुस गर्न नपाएको उनको भनाइ छ ।

‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा-जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन् । किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन ।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ । ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने ।

‘जमिन कमाई गरेबापत बहुदल आएको धेरै वर्षपछिसम्म पनि बोका, राँगो, भेडा, घ्यु लगेर ठकुरीको दरबारमा बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘किसानको विभिन्न चरणको आन्दोलनपछि अहिले त्यस्तो सामान त बुझाउनु पर्दैन तर, जग्गाजमिन किसानको नाममा आएको छैन । श्री ५ को वायु गुठीको नाममा छ ।’

लालपुर्जा आफ्नो नाममा नहुँदा किसानले जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन् । अरू ठाउँका किसानले गाउँकै वडा कार्यालयमा कर तिर्छन् । यहाँका किसान भने कर तिर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ ।

‘गरेर खान त पाइएकै छ, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘कहिलेकाहीँ पैसाको खाँचो पर्छ। बैंकमा जग्गा राखेर नगद झिकेर केही काम गरौंला भन्न पाइएन ।’ गुठीको नामको जग्गा राखेर बैंकले ऋण नदिने लामिछाने बताउँछन् । ‘अरू गाउँलेहरू गाउँकै वडा कार्यालयमा कर तिर्छन्, हामी दुई दिनको कामको माया मारेर कर तिर्न मालपोत कार्यालय धाउनुपर्छ,’ उनले दुःखेसो पोखे। राजाको शासन (राजतन्त्र) सकिएर जनताको शासन (गणतन्त्र) आए पनि किसानले व्यवहारमा महसुस गर्न नपाएको उनको भनाइ छ । विस्तृत समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा शिव उप्रेती र मनिष दुवाडीले लेखेका छन ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ०३ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ