६ पुस २०८२, आइतबार | December 21, 2025

खनाल निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे जानकारी लिए



काठमाडौं । नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् ।

भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केको पर्सीपल्ट माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो,’ सापकोटाले जानकारी दिएका छन, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’

खनाललाई डल्लुस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने प्रचण्ड पहिलो शिर्ष नेता हुन् ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १० : ०१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ