२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा समाहित, मुख्यमन्त्री भीम आचार्य अल्पमतमा



विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गरेका छन् ।

दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्।

एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गरेका छन्। सांसदहरु राजेन्द्र राई, सावित्रा रेग्मी, सुनिताकुमारी चौधरी, पदमकुमारी गुरुङ, राजन राई, गणेश काङमाङ, सरिता थापा, कृष्णकुमारी राई, खिनु लङवा लिम्बु, र उपेन्द्रप्रसाद घिमिरेले आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।

आज १० जना सांसदले एस पार्टीमा सनाखत गरेपनि पाँचजना आरु सांसद थपिने उनीहरुले दाबी गरेका छन् । १० सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमालेको एकल बहुमतको सरकार अल्पमतमा पुगेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका मात्रै सभामुखसहित ५१ जना सांसद रहेका छन् । यी मध्ये एक जना सांसद फौजदारी अभियोग लागेपछि फरार रहेका छन् । प्रदेशमा हालसम्म एमालेको एकल बहुमतमा सरकार रहेको छ ।

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा विद्रोह गर्दै बनेको एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सांसदहरु जोगाउन तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । माधव नेपाल निकट आचार्य मुख्यमन्त्री बन्न पाउने भएपछि नेपालको साथ छोड्दै संस्थापन पक्षमा विलय भएका थिए । तर, १० जना सांसदले एमाले छोडेपछि मुख्यमन्त्री  नियुक्त भएको १० दिन नवित्दै आचार्य अल्पमतमा परेका हुन् ।

बहुमतप्राप्त दल विभाजित भएमा एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधनिक बाध्यता रहेको छ । तर, आचार्यले भने प्रदेशसभाको नयाँ अंकगणित अनुसार विश्वास गुमाइसकेका छन् । १० जना सांसद एकीकृत समाजवादीमा खुल्ने वित्तिकै मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना मात्र सांसद बाँकी रहन्छन् । प्रदेशसभामा बहुमत जोगाइराख्न ४६ सांसदको आवश्यकता पर्दछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ३८ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं