१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पर्वत पहिरो अपडेट : तीन वर्षीय बालकसहित ११ को मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान



पर्वत । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन् ।

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।

डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ ।

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानकारी दिए । निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको बुढाथोकी बताउँछन् ।

वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ । यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ ।

पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : २६ बजे

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै