२४ माघ २०८२, शनिबार | February 8, 2026

कोरानाले मनोसमस्या



काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड-१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।

टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ । लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ ।

एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याए । आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन् । उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा.अरूण कुँवरले बताए। यो वर्ष दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ ।

काठमाडौंकै १२ वर्षीय बालकले घरबाहिर निस्कन नमान्ने, कोरोना सर्छ भन्दै अविभावकलाई घरबाहिर निस्कन नदिने, घरीघरी हात धुनेजस्ता गतिविधि गरेपछि उपचारका लागि उनलाई पनि दुई साताअघि कान्ति बाल अस्पतालमा पु¥याइयो । उपचारपछि बालक पनि सामान्य हुँदै गइरहेको डा.कुँवरले बताए ।

गत वर्ष काभ्रेका १७ वर्षीय युवकले लकडाउनकै अवधिमा आत्महत्याको प्रयास गरेका थिए । घरबाट कामकै सिलसिलामा सिन्धुली पुगेका उनी लकडाउनमा उतै फसेपछि आफूलाई दिक्क मान्ने गरेको बताएका थिए । लकडाउन लम्बिँदै गएपछि उनले आत्महत्याको प्रयास गरेका थिए । गाउँलेको सहयोगमा उनको उद्धार भएको थियो ।

दोस्रो लकडाउन लामो बनेपछि दोलखाकी एक १७ वर्षीया किशोरीले पढाइरोकिएको चिन्तामा आत्महत्या गर्ने सोच आएको थियो । उनमा असामान्य गतिविधि बढ्दै गएपछि अविभावकले मनोविद् कञ्चन रावतकहाँ पुर्‍याए । उनले बारम्बार पढाइ रोकिएर भविष्य अन्धकारमा गयो भन्ने चिन्ता मात्र पोख्ने गरेकी थिइन्। मानसिक रोगको उपचारपछि उनी सामान्य अवस्थामा फर्केको रावतले जानकारी दिइन् ।

डा.कुँवरका अनुसार यी दुवै बालबालिका कोभिड-१९ र निषेधाज्ञाले घरबाहिर निस्कन नपाउनु, घरबाहिरको खेलकुदमा सहभागी हुन नपाउनुर प्रत्यक्ष अन्तरसंवादबाट वञ्चित भएकाले उनीहरूमा विभिन्न खालका मनोसमस्या बढेको छ । उनीहरूमा डर लाग्ने, डिपे्रसन हुने, पढ्न मन नगर्ने, ग्याजेट बढी चलाउने, निद्रा नलाग्ने र अन्य खालका मनोसमस्या बढिरहेको छ ।

नेपालमा कोरोना संक्रमण फैलिएपछि बालबालिका तथा युवा उमेर समूहमा समेत मानसिक समस्या बढेको छ । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : ३४ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको