२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

लुम्बिनीका १२ वटै जिल्लामा २०७५ जेठ २ अघिका कमिटीहरु ब्युँताउने एमालेको निर्णय, प्रदेश अध्यक्षमा लिला गिरी



बुटवल । नेकपा एमालेको २०७५ जेठ २ अघिको संरचना अनुसार लुम्बिनी प्रदेश कमिटिको बैठकले प्रदेशका १२ वटै जिल्लामा जेठ २ गतेको संरचना अनुसार कमिटीहरु ब्युँताउने निर्णय गरेको छ । एमाले उपमहासचिव तथा प्रदेश इन्चार्ज विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक प्रदेश कमिटीका सदस्यले जानकारी दिए ।

१५ असारमा बसेको एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। बैठकले नेकपा एकिकृत समाजवादीमा खुलेका सदस्यहरुलाई हटाएर बाँकी संरचना २०७५ जेठ २ को ब्युँताउने निर्णय गरेको ती सदस्यले बताए ।

बैठकले लिला गिरीकाे अध्यक्षतामा प्रदेश कमिटीकाे पदाधिकारी चयन गरेकाे प्रदेश कमिटीका सचिव भुमेश्वर ढकालले जानकारी दिए । बैठकले खेममान खड्का उपाध्यक्ष, भुमेश्वर ढकाल सचिव तथा दुर्गा थारुलाई सहसचिव चयन गरेकाे सचिव ढकालले बताए ।

२०७५ अघिको संरचनामा उपमहासचिव पौडेल प्रदेश संयाेजक थिए । पार्टी एकिकरण पश्चात नेकपा बनेपछि मात्र शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्ज तोकिएको थियो ।

साविकको जिल्ला अध्यक्षले एमाले छाडेको हकमा उपाध्यक्षलाई अध्यक्ष बनाउने र दुबैले पार्टी छाडेको अवस्थामा नयाँ अध्यक्ष मनोनयन गर्ने निर्णय भएको समेत उनले बताए । लुम्बिनी प्रदेशमा निकै कम जिल्लामा एमाले छाडेर एकिकृत समाजवादीमा खुलेका कारण पुरानो संरचनामा ब्युँताउन असहज नहुने बताईएको छ । बैठकले माओवादी केन्द्रसँग एकता पश्चात माओवादीमा नफर्केका नेताहरुलाई यथास्थानको पद दिने समेत निर्णय भएको स्रोतले दाबी गरेको छ ।

पत्रकारहरुलाई प्रवेश निषेध गरेर गोप्यरुपमा संचालन भएको बैठकको आधिकारीक निर्णय भने बुधबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिईने एमालेले जनाएको छ । बैठकमा सर्वोचचको आदेशबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी केन्द्र नफर्केर एमालेमै रहेका नेता टोपबहादुर रायमाझी, नेपालपक्षमा सक्रियरुपमा लागेर एकिकृत समाजवादीमा नगएका ठाकुर गैरे लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ४७ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको