२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनीका १२ वटै जिल्लामा २०७५ जेठ २ अघिका कमिटीहरु ब्युँताउने एमालेको निर्णय, प्रदेश अध्यक्षमा लिला गिरी



बुटवल । नेकपा एमालेको २०७५ जेठ २ अघिको संरचना अनुसार लुम्बिनी प्रदेश कमिटिको बैठकले प्रदेशका १२ वटै जिल्लामा जेठ २ गतेको संरचना अनुसार कमिटीहरु ब्युँताउने निर्णय गरेको छ । एमाले उपमहासचिव तथा प्रदेश इन्चार्ज विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक प्रदेश कमिटीका सदस्यले जानकारी दिए ।

१५ असारमा बसेको एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। बैठकले नेकपा एकिकृत समाजवादीमा खुलेका सदस्यहरुलाई हटाएर बाँकी संरचना २०७५ जेठ २ को ब्युँताउने निर्णय गरेको ती सदस्यले बताए ।

बैठकले लिला गिरीकाे अध्यक्षतामा प्रदेश कमिटीकाे पदाधिकारी चयन गरेकाे प्रदेश कमिटीका सचिव भुमेश्वर ढकालले जानकारी दिए । बैठकले खेममान खड्का उपाध्यक्ष, भुमेश्वर ढकाल सचिव तथा दुर्गा थारुलाई सहसचिव चयन गरेकाे सचिव ढकालले बताए ।

२०७५ अघिको संरचनामा उपमहासचिव पौडेल प्रदेश संयाेजक थिए । पार्टी एकिकरण पश्चात नेकपा बनेपछि मात्र शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्ज तोकिएको थियो ।

साविकको जिल्ला अध्यक्षले एमाले छाडेको हकमा उपाध्यक्षलाई अध्यक्ष बनाउने र दुबैले पार्टी छाडेको अवस्थामा नयाँ अध्यक्ष मनोनयन गर्ने निर्णय भएको समेत उनले बताए । लुम्बिनी प्रदेशमा निकै कम जिल्लामा एमाले छाडेर एकिकृत समाजवादीमा खुलेका कारण पुरानो संरचनामा ब्युँताउन असहज नहुने बताईएको छ । बैठकले माओवादी केन्द्रसँग एकता पश्चात माओवादीमा नफर्केका नेताहरुलाई यथास्थानको पद दिने समेत निर्णय भएको स्रोतले दाबी गरेको छ ।

पत्रकारहरुलाई प्रवेश निषेध गरेर गोप्यरुपमा संचालन भएको बैठकको आधिकारीक निर्णय भने बुधबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिईने एमालेले जनाएको छ । बैठकमा सर्वोचचको आदेशबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी केन्द्र नफर्केर एमालेमै रहेका नेता टोपबहादुर रायमाझी, नेपालपक्षमा सक्रियरुपमा लागेर एकिकृत समाजवादीमा नगएका ठाकुर गैरे लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ७ : ४७ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी