२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सुन्दरता–कुरुपपता



चिन्तनको कसी
मानिसको मूल्यांकन
लिने र दिने सुन्दरता–कुरुपपता

 

शैलेश्वरीको पत्रिका पसलमा भूमिराज र लीलाध्वज । भूमिराजको पछाडि प्राज्ञहरुको साथ । लीलाध्वजको पछाडि लफङ्गोहरुको भीड । नियमित उपस्थिति स्थल, शैलेश्वरीको पुस्तक तथा पत्रिका पसल ।

कथाकार

लीलाध्वज– तन गोरो , भेषभुसा गोरो, जीवनशैली गोरो,मन कालो । ऊ भन्थ्यो– ढाँट,छल,जाली,शक्ति अनि साम,दाम,दण्ड,भेद नीति प्रयोग गरी आफ्नो स्वार्थ पूर्ति गरेर जमाना अनुसारको फल टिप्न सक्नु बुद्धिमानी हो । सफल जीवन हो । जसलाई समयको सदुपयोग गरेको मानिन्छ । सदाचरण भन्ने र भ्रष्टाचरण नगर्ने मान्छे, महामूर्ख हो ।
जस्तो नीति उस्तै रीति । ऊ सुकिलो भेषमा लुट, ठगी,,जाली, कृते,फटाई र भ्रष्टाचरणमा पूर्ण लिप्त रहनु उसको कुत्सित कृत्य, दैनन्दिन ।

भूमिराज गोरो मनका कृष्ण÷कालो वर्ण । मुखमा बिफरको दाग र होचो कद भएका उनी अत्यन्त क्षमाशील थिए । आफैमाथि आइलाग्नेलाई संयम र शिष्टतापूर्वक बौद्धिक झट्का दिन्थे,घुमाएर । उद्दण्ड लीलाध्वजको विचारप्रति अरुले विरोध गर्दा क्षमा दिदै उनी भन्ने गर्थे–
“हुन दिनुस साथीहरु, अभिव्यक्ति र विचार भनेको मान्छेको अन्तरात्माको रश्मि छायाँ चित्र हो । जसवाट उसको भावनात्मक अन्तर्य देखिन्छ । साक्षात्कारले बाहिरी स्वरुप देखिन्छ भने अभिव्यक्तिले अन्तःस्करणको भावनात्मक चित्र देखिन्छ । यो नै मान्छेको मूल्यांकनको कसौटी पनि हो ।”

ज्ञानको सुगन्धित फूल देखाउँदै भूमिराज अगाडि भन्छन्– “समाज एक प्रकारको, मानवको स्वनिर्मित बहुरङ्गी जङ्गल हो । जहाँ प्रकृतिका आवश्यक अनावश्यक यावत जैवीक बिरुवाहरु स्वतः उम्रेका हुन्छन । असल मान्छेहरु असल सुगन्धयुक्त सुन्दर फूलहरु नै रुचाउँछन र रोपण गर्छन, प्रकृति जस्तै सत्य र निष्ठावान हुन्छन् ।

स्वच्छ, उच्च र उदार भावनाका धनी, जीवन र जगत सम्बन्धिका साहित्यहरु गहन अध्येता र कृति प्रकाशक दार्शनिक अभूमिराज फूल जस्तै सुन्दर र सौरभ थिए ।

समाज, बहुरुपी मान्छेहरुको भीड हो । यहाँ बौद्धिकताको चस्मा लाएर सेता,काला छुट्याउनु,खुट्याउनु मान्छेहरुको मूल्याङकनको कसी अर्थात रुप हो,, सुन्दरता कुन हो ? कुरुपता कुन हो ?

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : २८ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा