२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध एमाले अध्यक्ष ओलीको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभनिएकोमा हेर्न नभ्याइने सूचीमा परेको हो । अब अर्को दिनका लागि पेशी तोकिनेभएको छ ।

पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसमार्फत सभामुख सापकोटासहित निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध मुद्दा दायर गरेका थिए । रिटमा ओलीले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाएका थिए ।

रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आज सुनुवाइ हुन लागेको थियो ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा माधव नेपालसहितका सांसदको पद गुम्नेछ भने अन्तरिम आदेश जारी नभएमा एमालेले संसदमा गर्दै आएको अवरोध औचित्यहीन बन्नेछ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदसमेतले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै एमालेले संसदको चालु अधिवेशन निरन्तर अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्दामाथि संसदमा बहस गर्न नसकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  २ : १३ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल