१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पूर्व पश्चिम राजमार्गको बाँके खण्डमा राजमार्गमै आएर बाघले मान्छे खायो



नेपालगन्ज । बाँकेमा पहिलो पटक बाघले मान्छे खाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटे बाघले राप्तीसोनारी गाउँपालिका वडा नं. १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई मारेर खाएको हो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्दै आएका अन्दाजी ४५ वर्षका भारतीय नागरिकलाई बाघले खाएको बाँके निकुञ्जका वार्डेन श्यामकुमार शाहले जानकारी दिएका छन् ।

मानसिक अवस्ता केही सुस्त रहेका भारतीय मूलका ती व्यक्ति आईतबार साँझदेखि हराइरहेका थिए । उनको शव विहान साढे सात बजे निकुञ्जभित्र भेटिएको वार्डेन शाहले बताए । पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर उत्तरमा निकुञ्ज भित्र ती ब्यक्तिको बाघले खाएर बचेको एउटा खुट्टामात्रै भेटिएको उनले जानकारी दिए ।

बाघले खाएको ती ब्यक्तिको सनाखत हुन नसकेको बताईएको छ। होटल सञ्चालकहरुले भैया भनेर बोलाउने गरेपनि मृतक भारत कुन स्थानको र वास्तविक नाम थर पत्ता नलागेको वार्डेन शाहले बताए ।

निकुञ्जले केही दिनदेखि त्यस क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन स्थानीय जानकारी गराइरएको बताएका छन् । बाँके निकुञ्जका अनुसार राष्ट्रिय निकुञ्ज क्षेत्रमा २१ वटा पाटेबाघ रहेका छन् । गाभर क्षेत्रमा दुई दिनअघि मात्रै गाउँमै पसेर बाघले दुई वटा बाख्रा र एउटा बाच्छो मारेको स्थानीयले बताएका छन् ।

यसअघि बर्दियामा पटक पटक बाघले मान्छे खाएको खबर आउने गरेपनि बाँकेमा मान्छेमाथि बाघले आक्रमण गरेको पहिलो घटना हो ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  २ : २४ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने