२५ माघ २०८२, आइतबार | February 8, 2026

महेश बस्नेतको आरोप – सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बने



बुटवल । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड , माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएकाछन् ।

बुटवलमा राष्ट्रिय युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निस्पक्ष बन्न नसक्दा समस्या आएको बताएका हुन् । बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाए ।

‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने’, बस्नेतले भने, ‘उनी निस्पक्ष बन्न सकेनन् ।’

नेता बस्नेतले देउवा सरकारले संसदलाई कुनै विजनेश दिन नसक्ने दाबी गरे । उनले भने, सरकारले कानुन बनाउन सक्दैन र संसदलाई बिजनेश पनि दिन सक्दैन ।’

बस्नेतले प्रचण्ड र माधव नेपालको महत्वकांक्षाले पार्टी एकता नटिकेको बताए । प्रचण्ड मर्ने बेलामा एक्लो बन्ने निश्चित भएको दाबी गरे।

उनले दलीय व्यवस्था नै खतम पार्ने गरी अदालतको काइते फैसला गरेकाले अस्थिरता र द्वन्द्व जन्मिएको बताए । नेता बस्नेतले आगामी चुनावमा एमालेको बहुमत आउने दाबी गरे । कांग्रेस प्रतिपक्षमै आउने उनले ठोकुवा गरे ।

एमाले सांसद समेत रहेका बस्नेतले सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक गैरकानुनी रहेको दाबी गरे । ‘जनयुद्धकालमा कमाएका सम्पत्तिलाई वैधानिकता प्रदान गर्न प्रतिस्थापन बिधेयक आएको हो ?’, उनले अर्थमन्त्रीलाई प्रश्न गरे ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ७ : ३२ बजे

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले