२४ बैशाख २०८१, सोमबार | May 6, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाई र संसदभित्रको अवरोधका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरिरहेका छन् । तर, अझै पनि दलहरुबीच मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति भैसकेको छैन । माओवादी केन्द्रभित्र मन्त्री बन्नका लागि प्रायः सबै नेताहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । मन्त्री छान्ने काम माओवादीका लागि समेत सजिलो छैन ।

यस्तै, सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध सिर्जना गरिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन मतियार बनेको भन्दै एमालेले उनको राजीनामा समेत माग्न थालेको छ ।

माओवादी स्थायी समिति बैठकमा यी लगायत सबै विषयमा छलफल गर्न लागिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : २७ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम