१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित



काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आजको बैठकमा सभामुख सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । तर, एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेका थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । विनियोजन विधेयक बहमुतले स्वीकृत भएपछि सभामुख सापकोटाले अर्को बैठक असोज ४ गतेसम्मको लागि स्थगित गरेका हुन् ।

विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १ : ३९ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख