२० असार २०८३, शनिबार | July 5, 2026

केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गरिने छ : टोपबहादुर रायमाझी



बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेका कारण पार्टी एकता बचाउन नसकिएको बताएका छन् । उनले अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गरिएको बताउँदै आफुहरुले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोजेको बताए ।

बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू मूल नेतृत्व केपी ओलीलाई नै मानेर एकतामा बसेको बताए । उनले प्रचण्डहरुको नियत ठीक नभएकाले नेकपा छाडेर भागेको आरोप लगाए ।

एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताउँदै रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए । रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको स्पष्ट पारे ।

रायमाझीले सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जितेकाहरुले रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँडेर ऐतिहासिक भूल गरेको टिप्पणी गरे । ‘कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’उनले भने ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ३ : २३ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी