२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्ले वित्तीय साक्षरताको तालिम संचालन गर्ने



काठमाडौ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्य लक्ष्मी खड्गी, सरोज वस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : ०२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले