१६ बैशाख २०८१, आइतबार | April 28, 2024

ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ६ : ३८ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना