२९ भदौ २०८३, सोमबार | September 14, 2026

शिवम् सिमेन्टले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन गर्ने



काठमाडौ । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ ।
यहि २०७८ साल असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुनेछ ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

बहुचर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन । अनुभवी ख्याति प्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किङ्गस् इलाभेनले यस एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ ।

गुणस्तरीय उत्पादन मार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किङ्गस् इलाभेनले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ । आफ्नै चुन ढुङ्गा प्रयोग गरी अत्याधुनिक प्रविधि मार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एन एस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा सर्वत्र उपलब्ध छ ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ६ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ