नेपालगन्ज । वर्षौदेखि अस्पतालमै कार्यरत चिकित्सकहरुको उपस्थितीमा अस्पताललाई घेराबन्दी गर्दै निजी क्लिनीक संचालन हुँदै आएका भेरी अस्पताल नेपालगन्ज अगाडि रहेका सटरहरु भत्काउन सुरु गरिएको छ ।
सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न नपाइने नियमका आधारमा अस्पतालले संरचना भत्काउन सुरु गरेको हो ।
अस्पताल अगाडि औषधी पसल तथा अन्य पसल गरेका व्यवसायीहरुले अस्पतालले दिएको समयसीमा भित्र सटर खाली गर्न आलटाल गरेपछि आजबाट अस्पताल प्रशासनले बल प्रयोग गरेर सटर भत्काउन सुरु गरेको हो । भत्काईएका सटरहरु रहेको स्थानमा बाहिरबाट अस्पतालको पुरै संरचना देख्न सकिने किसिमले पूर्वाधान निर्माण गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए ।
देशभरका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले २०६५ सालमा सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेपनि भेरी अस्पताल सहित अधिकांस अस्पतालहरुले उक्त परिपत्रको कार्यान्वयन गर्न सकेको थिएन ।
अस्पतालका परिसमा रहेका ३४ वटासटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा लगाएको थियो ।
अस्पतालको स्तर उन्नतीका साथ दुई सय ४० बेडको भवन निर्माणको लागि आवश्यक पहल सुरु भइसकेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए ।



















प्रतिक्रिया